६२ वर्षको उमेरमा सुनसरीका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विवाह गरेकी युवती को हुन् ?

Newslaya Home

६२ वर्षको उमेरमा सुनसरीका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले विवाह गरेकी युवती को हुन् ?

सोमबार २३, असार २०७६

इटहरी । सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेस्रो विवाह गरेका छन् ।

६२ वर्षका कार्कीकी यसअघिकी श्रीमतीको मृत्यु भएपछि उनले अर्को विवाह गरेका हुन् । उनले नविना शमशेरसँग विवाह गरेका हुन् । उनी राणा परिवारकी हुन् ।

सांसद कार्कीकी तेस्री श्रीमतीका रुपमा भित्रिएकी नविना जयशमशेर राणा र मिलन राणाकी छोरी हुन् । उनी व्यवसायमा संलग्न छिन् ।

३६ वर्षीया नविनाको भने यो पहिलो विवाह भएको पारिवारिक स्रोतले जनाएको छ । नविनाका बुबा र आमाको यसअघि नै मृत्यु भइसकेकाले उनलाई दाजु भाउजुले कन्यादान दिएका हुन् ।