झापामा सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु

Newslaya Home

झापामा सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु

सोमबार २३, असार २०७६

झापा । झापामा विषालु सर्पको टोकाइबाट सात वर्षीया बालिकाको मृत्यु भएको छ।

सर्पदंको टोकाइबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आफ्नै घर कोठामा सुतिरहेकी बालिकालाई आइतबार राति विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ ।

राति २ बजे निरुतालाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो। बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको जनाइएकोे छ ।