पञ्जाबका दुई किशोरीले राष्ट्रपतिलाई आफ्नै रगतले चिठी लेखे

Newslaya Home

पञ्जाबका दुई किशोरीले राष्ट्रपतिलाई आफ्नै रगतले चिठी लेखे

शनिबार २१, असार २०७६

पन्जाब । दुई भारतीय किशोरीहरुले राष्ट्रपति रामनाथ कोविन्दलाई आफ्नै रगतले चिठी लेखेका छन् ।

भारतको पञ्जाब राज्यको मोगा शहरका किशोरीहरुले आफूमाथि झूटो आरोप लगाइएको भन्दै सहयोगका लागि राष्ट्रपतिलाई चिठी लेखेका हुन् ।

उनीहरुले चोरीको आरोपमा फसेको र डर त्रासको वातावरणमा बाँचिरहेको चिठीमा लेखेका छन् । ती दुई किशोरीले न्याय नपाएको खण्डमा पुरै परिवारको लागि इच्छामृत्युको माग गरेका छन् ।

‘हामीले प्रहरीलाई पनि अनुसन्धान गर्न भन्यौँ तर कसैले पनि सुनेनन्,ु ती दुई किशोरीको भनाइलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

‘यदि हामीले न्याय पाएनौँ भने पुरै परिवारका लागि इच्छामृत्युको माग गरेका छौँु, उनीहरुले भनेका छन् ।

प्रहरीले भने दुई जना किशोरीमाथि आपराधिक मुद्दा दर्ता भएको र जाँच चलिरहेको बताए ।