सामसुङको ‘वाटर प्रुफ’ मोबाइल विरुद्ध मुद्दा दर्ता

Newslaya Home

सामसुङको ‘वाटर प्रुफ’ मोबाइल विरुद्ध मुद्दा दर्ता

शुक्रबार २०, असार २०७६

काठमाडौँ । अस्ट्रेलियाको एक अधिकारवादी संस्थाले सामसुङको ‘वाटर प्रुफ’ मोबाइल विरुद्ध मुद्दा दर्ता गरेको छ ।

सामसुङ विरुद्ध उपभोक्तावादी संस्था द अस्ट्रेलियन कम्पीटिसन एन्ड कन्जुमर कमिसन (एसीसीसी) ले मुद्दा दर्ता गरेको हो ।

(एसीसीसी)का अनुसार पौडी खेल्दा र सर्फिङ गर्दासमेत सामसुङको पानी प्रतिरोधी फोन चल्ने भन्ने विषय गलत हो ।

सामसुङको ३ सयवटा पानी प्रतिरोधी मोबाइलको परीक्षण गरेपछि आफूले सामसुङविरुद्ध अभिव्यक्ति दिएको एसीसीसीको जनाएको छ ।

सामसुङले भने रोयटर्ससँग उक्त संस्थाको भनाइ गलत भएको बताएको छ।

एसीसीसीका अनुसार सामसुङको दाबी नुनिला पानी र स्वीमिङ पुलको पानीमा भने लागू हुँदैन।

सामसुङले उसको आधिकारिक वेबसाइटमा ग्यालेक्सी एस१० समुन्द्रमा चल्ने र स्वीमिङ पुलमा चल्ने बताएको थियो। एसीसीसीका अनुसार सामसुङले विज्ञापन गर्दा पर्याप्त परीक्षण गरेको छैन्।