एउटै घोडाको मूल्य १ करोड ११ लाख

Newslaya Home

एउटै घोडाको मूल्य १ करोड ११ लाख

शुक्रबार २०, असार २०७६

काठमाडौँ । भारतको राजस्थानमा एउटा घोडा १ करोड ११ लाखमा खरिद बिक्री भएको छ ।

राजस्थानको पाली जिल्लामा नारायणसिंह आकडावासले मारवाडी नश्लको प्रभात नामको घोडा १ करोड ११ लाख भारुमा किनेका छन् । ११ वर्षको उक्त घोडा भंवर सिंह राठौरले पाल्दै आएका थिए ।

घरजग्गा तथा खानी व्यवसाय गर्ने धनाढ्य नारायण सिंहले यसअघि मारवाडी नश्लकै दुईवटा पोथी घोडा पालेका थिए । जब उनले प्रभात घोडाको बारेमा सुने त्यसलाई जतिसुकै मूल्य चुकाएर भए पनि किन्ने निधो गरे ।

घोडाका लागि नारायणले दुईथरी तबेला तयार पारिसकेका छन् । एउटामा बस्ने र अर्कोमा चर्ने । बेलायती शैलीमा उसका लागि पानीको पोखरी बनाइएको छ ।

घोडाको रेखदेखका लागि ३ कर्मचारी नियुक्त गरिएको छ । बिहानको नास्तामा घोडालाई अंकुरित चना तथा जौँ को पिँडो दिइन्छ र त्यसपछि मर्निंग वाक गराइन्छ । त्यसपछि गहुँको चोकर, मकै, सोयाबिन जस्ता खानेकुरा दिइन्छ । दिउसो हरियो घाँस खान दिइन्छ र मालिस गरिन्छ । बेलुकीमा घिउ, सख्खर, हरियो घाँस, दाना तथा हलेदो मिसाएको दुई किलो दूध खान दिइन्छ ।

घोडालाई दिनहुँ स्याम्पुले उसको गर्धन लगायतका ठाउँका रौँ नुहाइन्छ । यो घोडालाई फार्म हाउसमा राखिएको छ, ता की यसले अन्य घोडीहरुलाई गर्भिणी गराओस् र प्रजननमा पनि काम आओस् ।