‘शैक्षिक रेकर्ड, गुणस्तर र पूर्वाधार सबैमा विश्व आदर्श अब्बल छ’ : गणेश दुलाल

Newslaya Home

‘शैक्षिक रेकर्ड, गुणस्तर र पूर्वाधार सबैमा विश्व आदर्श अब्बल छ’ : गणेश दुलाल

शुक्रबार २०, असार २०७६

इटहरीको विश्व आदर्श कलेज विज्ञान तथा वाणिज्य विषयको अध्यापन गराउने पूर्वकै अग्रणी कलेज हो । राम्रो नतिजा ल्याउन सफल यस कलेजले विज्ञान संकायमा समेत आफूलाई अब्बल बनाउँदै लगेको छ । यस्तै वाणिज्य संकायमा पनि राम्रो नतिजा हाँसिल गरिरहेको छ । यस कलेजको स्थापना र अहिले दिइरहेका सेवा सुविधाको विषयमा कलेजका प्रिन्सिपल गणेश कुमार दुलालसंग न्यूजलयकी सरिता भण्डारीले गरेको कुराकानी :

भर्नाको तयारी कस्तो भइरहेको छ ?
भर्नाको तयारी राम्रो भइरहेको छ । अहिले हामीले भर्नाको समयमा विद्यार्थी तथा अविभावकहरुलाई सुचना दिने उद्देश्यले विभिन्न पत्रपत्रिका, टिभि, रेडियो तथा अनलाइनहरुमा विज्ञापन गराइरहेकाछौंँ । इटहरी भरिका कलेजहरुले नियम बनाएकाछौंँ । वहाँहरु र हामी मिलेर पोस्टर र पम्प्लेटहरु नगर्ने सहमती छ । आचारसंहिता बनाएकाछौंँ ।

विश्व आदर्श कलेज कसरी सुरु गरियो, समस्याहरु के आए ? छोटकरीमा बताइदिनुस् न ?
हामो कलेज २०५५ सालमा स्थापना भएको हो । स्थापना कालदेखि नै हामीले वाणिज्य, विज्ञान र व्यवस्थापन विषय सञ्चालन गर्दै आएकाछौं । स्थापनाकालमा त निक्कै चुनौति र समस्याहरु आए । कलेजमा सुरुमा वाणिज्यमा २० र विज्ञानमा १३ जना विद्यार्थी थिए । त्यो समयमा प्लस टु पढ्नुपर्छ भनेर अविभावकमा चेतना नै थिएन । सबैमा आइकम, आइए, आइएसी पढ्नु पर्छ भन्ने सोँच थियो ।
त्यो समयमा अविभावकलाई प्लस टु पढ्नु पर्छ भनेर चेतना दिन निक्कै समस्या भएको थियो । समस्याहरु हुँदाहुँदै पनि अहिले हामी यो स्थानमा आइपुगेकाछौं । अहिले हामीसँग प्लस टु मा १२०० भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।
पहिला पहिला हामीलाई विज्ञान विषयको समस्या थियो । शिक्षकहरुको समस्या हुन्थ्यो । तर अहिले हाम्रै कलेजमा पढेर गएका विद्यार्थीहरु मास्टर्स सकेर आएर यहि पढाउँदैछन् । गर्ब लाग्छ हामीलाई ।
विज्ञान विषयको लागि धरान र विराटनगरभन्दा विकल्प थिएन । त्यो समयमा हामीले कलेज सञ्चालन गर्यौं । समस्या र चुनौतिसँगै हामीले यस कलेजलाई स्तरीय बनाउन सफल भएकाछौं । अहिले हाम्रो आफ्नै क्यान्टिन छ, सबै विषयको छुट्टा छुट्टै ल्याब छ । बच्चा कलेज तथा स्कुलमा प्रवेश गरिसकेपछि कलेज छुट्टि नभएसम्म भित्रै राखेर केयर गर्छौं र पारिवारिक वातावरणमा पढाउँछौं, सिकाउँछौं ।

विश्व आदर्श कलेजका अन्य मुख्य विशेषताहरु के–के छन् त ?
हाम्रो कलेजमा विज्ञान, वाणिज्य विषय पठनपाठन भइरहेको छ । अन्य भन्दा हामीले गुणस्तरीय शिक्षा दिन सफल भएकाछौंँ जस्तो हामीलाई लाग्छ ।
हाम्रो कलेज नेपालको दोस्रो तथा तेस्रो स्थानसम्म आउन सफल भएको छ । यस कलेजले कयौँ विद्यार्थीहरुलाई डाक्टर, इन्जिनियर, सिए बनाउन सफल भएको छ । सधैँ अन्य क्षेत्र जस्तै निजामति सेवा, बैकहरुमा पनि रोजगार पाउन सफल छन् ।
हामी प्रोजेक्टर मल्टिमिडिया प्रयोग गर्ने, लेक्चरहरु गराउने र सैद्धान्तिकभन्दा व्यवहारीक ज्ञानलाई बढि जोड दिँदै विद्यार्थीहरुलाई मोटिभेट गर्दै पढाउनु पर्छ भन्ने धारणा राख्छौं । हाम्रो कलेजमा दक्ष अनुभवि प्रध्यापकहरुको टिम छ त्यसले गर्दा हामी अन्य कलेजहरु भन्दा फरकछौं । व्यवस्थापन विषयमा हाम्रो कलेजको मास्टर्समा प्रदेश एक मै सबैभन्दा धेरै संख्यामा विद्यार्थी पढाउन सफल भएकाछौंँ ।


इटहरीमा स्कुल तथा कलेज खुल्ने होडबाजी चलिरहेको छ । यसले शिक्षा क्षेत्रलाई कतिको असर पारेको छ ?
अहिले सरकारको नीतिअनुसार स्कुलमा प्लस टु राख्न पाउनुपर्छ । तर कलेज खोल्न अनुमति दिँदा कलेजले विद्यार्थीलाई पुर्वाधार पुर्याउन सक्छ कि सक्दैन, गुणस्तरीय शिक्षा दिन सक्छ कि सकिदैन भन्ने कुराको मुल्याङ्कन गरेर मात्र खोल्न अनुमति दिनुपर्छ । स्कुल कलेज खोलेर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने काम गर्नुहुँदैन ।

नेपालको शैक्षिक अवस्थाको बारेमा तपाइको धारणा बताइदिनुस् न ।
अहिले नेपालको शिक्षा क्षेत्रमा निक्कै सुधार आउन थालेको छ । १० वर्ष अगाडि बच्चाले पढ्नका लागी टाढा जानु पथ्र्यो भने अहिले आफ्नो ठाउँमा या नजिकको स्थानमा स्कुल कलेजहरु खुलेका छन् । त्यही उसलाई विभिन्न सुविधा उपलब्ध छन् । त्यहि पनि गुणस्तरीय शिक्षामा समस्या छ । जस्तै हाम्रो एसइइका विद्यार्थीहरुको गुणस्तर हेर्ने हो भने अलि खस्कीँदै गएको हो कि भन्ने लाग्छ ।
त्यसकारण शैक्षिक अवस्थामा पाठ्यक्रम पनि निर्धारण गर्दा अलिकति सैद्धान्तिकलाई बढि जोड दिएर व्यवहारीकलाई अलि कम दिएका छौं कि भन्ने कुरामा अलि ध्यान दिनुपर्छ कि भन्ने मलाई लाग्छ ।

निजि कलेजहरुले शुल्क महंगो लिन्छन् भन्ने गुनासो छ नि ?
गुणस्तरीय शिक्षा दिँदा शुल्क पनि त्यहिअनुसार लिनुपर्छ जस्तो मलाई लाग्छ । तर अन्य स्थान जस्तै काठमाडौंको तुलनामा यहाँको शुल्क महंगो छैन । अहिले १० कक्षाको शुल्कभन्दा ११, १२ कक्षाको शुल्क सस्तो नै छ ।
निजि स्कुलमा पढेर आउने विद्यार्थीहरुलाई यो शुल्क महंगो हैन तर सरकारी स्कुलमा पढेर आउने विद्याथीहरुलाई चै यो शुल्क केही महंगो लाग्छ । सरकारले छात्रवृत्तिको व्यवस्था गरेको छ, तर त्यो पनि व्यवस्थित नभएको कारणले अलि अफ्ठ्यारो परेको छ । नत्र सरकारी विद्यालय पढेर आउने विद्यार्थीहरुलाई छात्रवृत्ति दिनुपर्छ भन्ने सरकारको नीति छ ।

कलेजका आगामी योजनाहरु के–के छन् त ?
हामीले विभिन्न कार्यक्रमहरु ल्याउन अनुमति मागेकाछौंँ । त्यसमध्ये पनि बिसिए (व्याचलर इन कम्पुटर एप्लीकेसन) अघिल्लो वर्षदेखि सञ्चालन गरिरहेकाछौंँ । यस्तै बिएसि पनि सञ्चालन गर्ने प्रयास गर्दैछौँ । यस्तै कलेजमा नयाँ पुस्तकालय र साइन्स ल्याबको निर्माण गर्न लागेकाछौंँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
सम्पुर्ण अविभावक तथा विद्यार्थीहरुलाई के भन्न चाहन्छु भने कलेज छान्नु अगाडी कलेजको बारेमा बुझ्नुस्, पहिलाको रेकर्ड हेर्नुस्, पुर्वाधार तथा गुणस्तर हेरेर मात्र कलेज छान्नुस् । हाम्रो कलेजको बारेमा पनि बुझ्नुस् । हाम्रो कलेजले पहिलादेखि जुन वातावरण दिँदै आएको छ त्यही वातावरण दिनेछ र अझै धेरै पुर्वाधारको विकास गर्दैछ । विश्व आदर्श कलेजको शैक्षिक इतिहास राम्रो छ । गुणस्तर र पूर्वाधारसमेत अब्बल छ । अझ नयाँ नयाँ प्रविधिको विकास गर्दैछ र ती प्रविधिहरु प्रयोग गर्ने अवसर विद्यार्थीहरुले पाउनेछन् ।