किन देखिइरहेको छैन फेसबुकमा फोटो ?

Newslaya Home

किन देखिइरहेको छैन फेसबुकमा फोटो ?

बुधबार १८, असार २०७६

काठमाडौ । के तपाईको फेसबुकमा फोटोहरु पुरा देखिँदैन ? समस्या देखिएपछि आफ्नो वाइफाइको इन्टरनेटमा पो समस्या आयो कि भनेर बारम्बार राउटर अफ गर्नुभयो होला । वा बारम्बार रिफ्रेस गर्नुभयो होला । वास्तवमा बुधबार दिउँसोदेखि फेसबुकमा समस्या आएको छ । फेसबुक मात्र होइन, विभिन्न देशमा फेसबुक, वॉट्सएप र इन्स्टाग्राम डाउन भएको छ ।

यी तीन वटै साइटहरु फेसबुकको कम्पनिले चलाउँछ । यी तीन वटै सामाजिक सञ्जालमा समस्या आएपछि प्रयोगकर्ताहरुले ट्वीटरमा त्यसको रिस पोख्न थालेका छन् ।

फोटो नदेखिने मात्र होइन, कतिको त फेसबुक एकाउन्ट पनि खुलिरहेको छैन । यस्तै फोटो र भिडियो अपलोडमा समेत समस्या देखिएको छ ।

यो समस्याको खास कारण पत्ता लागेको छैन । न त फेसबुकले नै केही बोलेको छ । गत महिना पनि केही समयका लागि फेसबुक डाउन भएको थियो ।