सवारी ज्यानमुद्दामा फरार विराटनगरका ‘डन’ किरण लामा पक्राउ

Newslaya Home

सवारी ज्यानमुद्दामा फरार विराटनगरका ‘डन’ किरण लामा पक्राउ

सोमबार १६, असार २०७६

विराटनगर । सवारी ज्यानमुद्दामा फरार रहेका विराटनगरका ‘डन’ किरण लामा पक्राउ परेका छन् ।

पुष्पलाल चोकमा लुकिछिपी बसिरहेका लामालाई आइतबार मोरङ प्रहरीले पक्राउ गरेको हो।

पर्शुराम बस्नेतको समूहमा रहेर आपराधिक गतिविधि गर्ने लामा सवार गाडीले शनिवार राति विराटनगर–४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो।

लामा सवार बा२०च ७४० नम्बरको गाडीले को३प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएको थियो।

उनलाई सवारी ज्यान मुद्दा अन्तर्गत हिरासतमा लिई कारबाही थालिएको मोरङका प्रहरीले जनाएको छ ।