नासाले क्षुद्रग्रहको अध्ययनका लागि नयाँ टोली गठन गर्‍यो

Newslaya Home

नासाले क्षुद्रग्रहको अध्ययनका लागि नयाँ टोली गठन गर्‍यो

आइतबार १५, असार २०७६

काठमाडौँ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमा र पृथ्वीको आसपास रहेका क्षुद्रग्रहको अध्ययनका लागि नयाँ आठ टोली छनोट गरेको छ ।

यो टोलीले मङ्गलको चन्द्रमा (फोबोस र डीमोस)का साथै तिनीहरुका निकटवर्ती अन्तरिक्ष वातावरणको बारेमा पनि जानकारी एकत्रित गर्नेछ ।

नासाका अनुसार यो कार्यक्रम नासाको साइन्स एण्ड ह्युमन एक्सप्लोरेशन एण्ड अपरेसन मिसनद्वारा वित्तीय सहयोग प्राप्त कार्यक्रम हुनेछ । जसको लागि वार्षिक १ करोड ५ लाख डलर प्रतिवर्ष खर्च हुनेछ ।

कुल आठ टिममध्ये एक टोलीले क्यालिफोर्नियाको सिलिकन भ्यालीमा नासाका रिसर्च सेन्टरमा जेनिफर हेल्डम्यानको नेतृत्वमा चन्द्रमामा संसाधनको मात्रा र उपलब्धताको आँकलन गर्नेछ ।

साथै त्यसको उपयोगको लागि आवश्यक प्रविधिको पनि परीक्षण गरिनेछ । साथै चन्द्रमामा मानिसको जीवनको सम्भावना छ वा छैन भन्ने कुराको पनि जानकारी दिनेछ ।

अर्को एक टोलीले भने क्षुद्रग्रहबाट निस्किने विकिरणको असर मानव स्वास्थ्यमा कस्तो पर्छ भन्ने विषयमा जानकारी सङ्कलन गर्नेछ ।