सुन्दरहरैचको बजेट १ अर्ब ८ करोड ७७ लाख, यस्ता छन् योजनाहरू

Newslaya Home

सुन्दरहरैचको बजेट १ अर्ब ८ करोड ७७ लाख, यस्ता छन् योजनाहरू

मङ्गलबार १०, असार २०७६

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले आर्थिक वर्ष २०७६/०६६ को लागि १ अर्व ८ करोड ७७ लाख ८० हजार अनुमानित बजेट विनियोजन गरेको छ ।

नगरप्रमुख शिव प्रसाद ढकालको सभाध्यक्षमा भएको नगरपालिकाको चौथो नगर सभाबाट नगरले विभिन्न योजनाहरूमा बजेट पारित गरेको छ ।


जसमा नेपाल सरकारबाट जारी स्थानीय तह सञ्चालित कोष प्रणाली सफ्टवेरबाट वार्षिक बजेट तथा कार्यक्रम , रेडबुक विनियोजन ऐन, नगर वासीहरूलाई विधुत सेवा उपलब्ध गराइ नगरलाई अन्धकार मुक्त बनाउन वैकल्पिक ऊर्जा कार्यक्रम, कृषि क्षेत्रको विकासको लागि कृषि पकेट क्षेत्र घोषणा गर्ने, विभिन्न कार्यक्रम सञ्चालन हुने साथै आर्गनिक तरकारी खेतीलाई विशेष प्राथमिक्त्ता दिई प्रति बिघा रु १ लाख समको अनुदानको व्यवस्था गराउने, निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्नका लागी उन्नत बिउ बिजन, मलखाद कृषि सामाग्री औजारको व्यवस्थामा ५० देखि ८० प्रतिशत सम्म अनुदानको व्यवस्था गर्ने, नगर क्षेत्रमा रोजगारी प्रवर्द्धन गर्नका लागि औघोगिक क्षेत्रको स्थापना गर्न आवश्यक पहल गरी स्वदेशी लगानिकत्तालाइ लगानी गर्न प्रोत्साहन गर्ने, समृद्ध नेपाल सुखी नेपाली भन्ने सङ्घीय सरकारले लिएको नीतिलाई मूर्तता दिनका लागी पैधानमन्त्रि रोजगार कार्यक्रम मार्फत नगरमा रहेका बेरोजगारी समस्या कम गर्ने, भाषा कला साहित्य संस्कृति तथा नाटक जस्ता कार्यक्रमहरूलाई प्रोत्साहन बजेट रहेको छ ।

यस्तै ८४ वर्ष भन्दा बढी उमेरका ज्येष्ठ नागरिकहरूलाई घर घरमै प्राथमिक स्वास्थ्य उपचार गर्ने ज्येष्ठ नागरिक सँग घर दैलो उपचार कार्यक्रम सञ्चालन हुने तथा अपाङग परिचय पत्रलाई घरमै वितरण गरिने, सुन्दरहरैचा क्षत्रलाइ राष्ट्रिय स्तरका खेलाडी उत्पादनको हबको रूपमा विकास गर्ने, विद्यालय स्तरको शिक्षाको गुणस्तर वृद्धिको निमित्त नमुना बिधालयहरु सञ्चालन गर्ने, नगर स्तरीय मेयर कप फुटबल प्रतियोगिता सञ्चालन गर्ने,
नगरपालिका क्षेत्रमा रहेका सबै स्वास्थ्य सस्थाहरुमा ल्याब गरीक्षणको व्यवस्था मिलाउने, बढी अपराध हुने तथा दुर्घटना हुने स्थानहरू पहिचान गरी विशेष निगरानीको व्यवस्था गर्ने, बिपत जोखिम न्युनिकरण र व्यवस्थापनका लागी संवेदनशील रहेका बुढी खोला गछिया लोहन्द्ररा तेरीया भोर्जना सुकुना मदाह किस्ती भुल्के लगाएलका सबै खोलाहरूमा आवश्यक्ता अनुसार तटबन्ध र वृक्षारोपण गर्ने, विपद उद्धारको लाग्गि नगर तथा वडा स्तरीय विपद उद्धार समिति गठन गरी जनप्रतिनिधि राजनैतिक दल, निजी क्षेत्र,राष्ट्र सेवक कर्मचारी सामुदायिक सङ्घ संस्था , टोल विकास संस्था र स्थानीय स्तरमा स्वयमसेबि समूह तयार गरी परिचालन गर्ने योजनाहरू रहेको छ ।

यसै गरी आ. ब २०७६/०७७ को अन्त्य सम्ममा सुन्दहरैचा नगरपालिकालाई प्लास्टिक झोला मुक्तनगर घोषणा गर्ने, प्रदूषण गर्नेले तिर्नु पर्छ भन्ने सिद्धान्त अनुरूप जवाभदेहि बनाई करको दायरामा ल्याउने, वडागत बजेट तथा कार्यक्रममा जम्मा वडाको बजेटको ८० प्रतिशत पूर्वाधार र २० प्रतिशत सामाजिक आर्थिक क्षेत्रमा योजना तथा कार्यक्रम हरुको सञ्चालन हुने, नगरपालिकाले सम्पादन गर्ने गतिविधिलाई स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमबाट प्रकाशन प्रसारण गर्ने, न्यायिक सा्मितिको इजलास निर्माण सम्पन्न भइसकेको र न्यायिक निरूपणका कार्य इजलासबाट हुने, नगर गौरवको योजनाको रूपमा सञ्चालित विश्वकै अग्लो गाईको प्रतिभा निर्धारित रहेको र शित भन्डार निर्धारण गर्ने योजनाहरू रहेका छन् ।