इटहरीका मेयरलाई फौजदारी अभियोगमा कारबाही गर्न सामाजिक संस्थाहरुको माग

Newslaya Home

इटहरीका मेयरलाई फौजदारी अभियोगमा कारबाही गर्न सामाजिक संस्थाहरुको माग

मङ्गलबार १०, असार २०७६

इटहरी । इटहरीका मेयर द्वारिकलाल चौधरीलाई फौजदारी अभियोगमा कारबाही गर्न इटहरीका २१ वटा सामाजिक संस्थाले कारबाहीको लागि माग गरेका छन् ।

वेश्यावृत्ति नियन्त्रण गर्ने कार्यक्रममा महिलालाई अपमान हुनेगरी शब्द प्रयोग गरेको भन्दै चौधरीलाई फौजदारी अपराधमा कारबाही गर्न माग गर्दै सामाजिक संस्थाहरूले मुख्यमन्त्री शेरधन राईलाई संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् ।

महिला सञ्जाल इटहरी, मानव अधिकार रक्षक परिषद् इटहरी, मानव अधिकार रक्षक परिषद् एक नम्बर प्रदेश, श्रमिक महिला साझा मञ्च सुनसरीलगायतका संस्थाले सो माग गरेका हुन् । संस्थाहरूले कारबाही माग गर्दै प्रदेश सरकार, राष्ट्रिय मानव अधिकार आयोग, महिला आयोग, जिल्ला प्रशासन कार्यालय र विभिन्न राजनीतिक पार्टीहरूलाई पनि बोधार्थ दिएका छन् ।