मुख्यमन्त्रीले ‘प्रथम दलित संसद’ उद्घाटन गर्ने

Newslaya Home

मुख्यमन्त्रीले ‘प्रथम दलित संसद’ उद्घाटन गर्ने

मङ्गलबार १०, असार २०७६

धरान । १ नम्बर प्रदेशमा पहिलो पटक ‘प्रथम दलित संसद’ हुने भएको छ ।

सुनसरीको इटहरीमा वुधबार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा हुने भएको दलित अधिकारकर्मी डिवी शाहशंकरले बताए । ‘सामाजिक न्याय सहितको समृद्धिका लागि साझा प्रतिवद्धता,छुवाछुत र सवल प्रदेश निर्माणमा दलित सहभागिता’ मुल नारा सहित दलितहरुको संसद हुने भएको हो ।

विहान ११ वजे इटहरीको त्रियुगा होटलमा मुख्यमन्त्रीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।दलितहरुको संसदमा प्रदेशका ९३ नव्वे जना सांसदहरुको समेत सहभागितामा कार्यक्रम हुदैछ । कार्यक्रममा १४ जिल्लाकै दलित अधिकारकर्मी, राजनीतिज्ञ लगायतको सहभागिता हुने वताइएको छ । अधिकारकर्मी शाहशंकरका उद्घाटन सत्र पश्चात हाल सम्म दलितहरुको पक्षमा वनेका कानुन र नयाँ कानुन निर्माणका लागि

छलफल भई इटहरी घोषणा पत्र जारी गरिने भएको छ । कार्यक्रम राष्ट्रिय दलित नेटवर्क, सामाजिक न्याय मन्च नेपाल लगायतको आयोजना तथा १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा हुन लागेको हो ।