मर्निङवकमा सिक्रि लुट्ने पक्राउ

Newslaya Home

मर्निङवकमा सिक्रि लुट्ने पक्राउ

मङ्गलबार १०, असार २०७६

धरान । मर्निङवकमा गएको समय सुनको सिक्रि लुट्ने समुहलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ ।

पिण्डेश्वर मन्दिर हुँदै दन्तकाली मन्दिरबाट मेरिगोल्ड स्कुल झर्दै गरेको अवश्थामा धरान १५ श्यामचौंककी कमला गौत्तमको अढाइ तोलाको सिक्री लुटेर भाग्ने क्रममा धरान ३ का रामकुमार दर्लामी र बिनोद राईलाई प्रहरीले पक्राउ गरेको हो । केही दिन अघि देखि मर्निङवकको समयमा सिक्रि लुट्ने समुह सक्रिय रहेको थियो ।

मर्निङवाक गर्दै पिण्डेश्वरी दन्तकाली हुँदै मेरिगोल्ड स्कुल छेउ आइपुग्दा उनको सिक्री लुटेर ती युवा भागेका थिए । सादा पोशाकमा खटिएको प्रहरीले सिक्री सहित लुटेराहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।