आधा पारिश्रमिकमा बार्सिलोना फर्किन तयार भए नेइमार

Newslaya Home

आधा पारिश्रमिकमा बार्सिलोना फर्किन तयार भए नेइमार

मङ्गलबार १०, असार २०७६

काठमाण्डौ । बार्सिलोना फर्किनका लागि नेइमारले आफ्नो पारिश्रमिक घटाउन तयार भएका छन् । उनले व्यक्तिगत रुपमा बार्सिलोना आउनका लागि गर्न सक्ने जति प्रयास गरेको स्पेनिस पत्रिका स्पोर्टसले जानएको छ ।

त्यसका लागि उनले अहिले पाउँदै आएको भन्दा झण्डै आधा पारिश्रमिक लिन पनि तयार रहेको बताएको जनाइएको छ । नेइमारले बार्सिलोना फर्किनका लागि हप्ताको पाँच लाख ५० हजार पाउण्ड जति पारिश्रमिक भए हुने बताएको उल्लेख गरिएको छ । यस्तै सन् २०१७ मा आफूले नपाएको बोनसका लागि क्लब विरुद्ध गरेको उजुरी पनि फिर्ता लिन नेइमार तयार भएको बताइन्छ ।

सन् २०१७ मा विश्वका महंगा खेलाडी बन्दै नेइमार बार्सिलोनाबाट फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) गएको थिए । तर उनी पिएसजीमा खुशी हुन सकेनन् । हालै उनले पिएसजीका अध्यक्षसँग आफूले क्लब छोड्न चाहेको बताएका थिए ।