सेनाको संख्या कटौतीको प्रस्तावमा रक्षा मन्त्रीको यस्तो स्पष्टीकरण

Newslaya Home

सेनाको संख्या कटौतीको प्रस्तावमा रक्षा मन्त्रीको यस्तो स्पष्टीकरण

मङ्गलबार १०, असार २०७६

काठमाडौं । नेपाली सेनाको संख्या घटाउने कुरामा गम्भीर विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।

मन्त्री पोखरेलले कुशल र दक्ष सैनिक तयार गर्ने कुरा छोटो समयमा हुन नसक्ने कुरालाई समेत दृष्टिगत गर्नुपर्ने बताएका छन् ।

विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको मंगलवार जवाफ दिने क्रममा मुलुकको बढ्दो सुरक्षा चुनौती, अपराधका घटनामा आएका विविधता, प्राकृतिक तथा मानवीय दुर्घटनामा भइरहेको दिनानुदिन वृद्धि र कतिपय ठूला र रणनीतिक महत्त्वका पूर्वाधारमा समेत सेनालाई संलग्न गराउनु पर्ने आवश्यकता भएको उनले बताए ।

कुशल र दक्ष सैनिक छोटो समयमा तयार हुन नसक्ने कुरालाई दृष्टिगत गरी सेनाको संख्यालाई गम्भीर विश्लेषण गरेर मात्र निष्कर्षमा पुग्नु उचित हुने कुरा मन्त्री पोखरेलले बताएका छन् ।

मन्त्री पोखरेलले सेनालाई प्रभावकारी बनाउँदै संरचनामा समयानुकुल सुधार गर्न सकिने बताए । ‘भविष्यमा प्रविधिको विकाससँगै सेनाको संरचनामा समयानुकुल परिवर्तन गर्न सरकार सकारात्मक रहेको मन्त्री पोखरेलले बताएका छन् ।