बिना मगरको कार्यक्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप, चार जना घाइते

Newslaya Home

बिना मगरको कार्यक्रममा कांग्रेस र नेकपा कार्यकर्ताबीच झडप, चार जना घाइते

मङ्गलबार १०, असार २०७६

पुनर्वास । खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई कांग्रेस कार्यकर्ताले कालो झण्डा देखाउन लाग्दा नेकपाका कार्यकर्ताको आक्रमणमा परी चार जना कांग्रेस कार्यकर्ता घाईते भएका छन् ।

पुनर्वास नगरपालिकाको नगर अधिबेशन उद्घाटन गर्न आउदै गेरेकी मन्त्री मगरलाई कालो झण्डा देखाउन पुनर्वास–१० डोकेबजार पुगेका नेपाली कांग्रेसका कार्यकर्ता माथी नेकपाका कार्यकर्ताले एक्कासी आक्रमण गरेका हुन ।

आक्रमणमा परी कांग्रेस क्षेत्र नम्बर १ का सभापती गोपिप्रसाद उपाध्याय , कांग्रेस बेलौरी नगर सचिब बिक्रम चन्द, नेता हरेन्द्रसिह बिष्ट र कार्यकर्ता कृष्णबहादुर चन्द घाइते भएका छन् ।

घाइतेहरुको कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्री बिना मगरलाई कालो झण्डा देखाउने कार्यक्रम तय भए पछि झन्डै ३०० सुरक्षाकर्मी परिचालन गरिएको थियो ।