प्रदुषणका कारण मलेसियामा चार सय विद्यालय बन्द

Newslaya Home

प्रदुषणका कारण मलेसियामा चार सय विद्यालय बन्द

मङ्गलबार १०, असार २०७६

काठमाण्डौ । मलेसियामा वायु प्रदुषणका कारण चार सय विद्यालय बन्द गरिएको छ।

मलेसियन राज्य जोहोरका ७५ जना विद्यार्थीमा स्वास–प्रस्वासको समस्या देखिन थालेपछि त्यहाँका चार सय विद्यालय बन्द गरिएको बीबीसीले उल्लेख गरेको छ।

औद्योगिक क्षेत्र पासिर गुदाङमा आगामी बिहीबारसम्मका लागि दर्जनौं स्कूलहरु बन्द गरिएका छन्।

उक्त क्षेत्रमा उद्योगहरुबाट निस्किएको रसायन तथा उद्योगका धुवाँका कारण वातावरण निकै घातक बनेको बताइएको छ। त्यहाँ गत मार्च महिनामा ४ हजारभन्दा बढी बालबालिका विमारी भएका थिए।

मंगलबार मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले त्यहाँका उद्योगहरुविरुद्ध गम्भिर कदम चाल्ने बताएका छन् । अवैधानिक रुपमा खोलामा फोहोर फ्याँक्ने उद्योगहरु बन्द गरिने बताइएको छ।