मोटरसाइकलको ठक्करबाट विराटनगरकी एक महिलाको मृत्यु

Newslaya Home

मोटरसाइकलको ठक्करबाट विराटनगरकी एक महिलाको मृत्यु

मङ्गलबार १०, असार २०७६

विराटनगर । झापाको माइधारमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

सोमबार पूर्वबाट पश्चिम जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाइकलले विराटनगर– १ पोखरीयाकी ६६ वर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिएको थियो।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकल र चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।