एसईईको नतिजा यसै साता प्रकाशन

Newslaya Home

एसईईको नतिजा यसै साता प्रकाशन

मङ्गलबार १०, असार २०७६

काठमाडौं । एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा प्रकाशनको लागि आवश्यक तयारी जारी रहेको बताएका छन् । उनले असार १४ गतेभित्र नतिजा निकाल्ने तयारी गरिरहेको जनाएका छन् ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।