कङ्गोमा इबोलाका कारण १० महिनामा १५ सय जनाको मृत्यु

Newslaya Home

कङ्गोमा इबोलाका कारण १० महिनामा १५ सय जनाको मृत्यु

मङ्गलबार १०, असार २०७६

किन्सास । कङ्गोमा इबोला रोगका कारण अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ५ सयभन्दा बढी पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार इबोलाका कारण झन्डै दश महिनाको अवधिमा १ हजार ५ सय जनाको मृत्यु भएको हो ।

आइतबारसम्ममा इबोलाबाट २ हजार २ सय ३९ जना बिरामी भएको पनि अधिकारीहरुले जनाएका छन् । इबोला भाइरसले युगाण्डालगायतका छिमेकी देशबाट आएकाहरूलाई पनि प्रभावित पारेको समाचारमा उल्लेख छ ।

इबोला नियन्त्रण गर्न एक लाख ४१ हजार जनालाई खोप दिइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । विशेष गरेर देशको इतुरी र दक्षिणी किभु प्रान्तमा यसको प्रभाव बढी देखिएको छ ।

इबोला भाइरसबाट संक्रमित व्यक्तिको रगत तथा पिसावलगायत शरिरबाट हुने अन्य तरल पदार्थको आदानप्रदान यो रोग अर्को व्यक्तिमा सर्ने गरेको चिकित्सकहरु बताउँछन् ।