कनकाई पुलमा राखिएको बम सेनाद्वारा डिस्पोज

Newslaya Home

कनकाई पुलमा राखिएको बम सेनाद्वारा डिस्पोज

मङ्गलबार १०, असार २०७६

झापा । झापाको कनकाई नदीको पुलमा राखिएको प्रेसर कुकर बम सेनाको टोलीले डिस्पोज गरेको छ ।

विप्लव माओवादीले आह्वान गरेको बन्दको क्रममा मंगलबार बिहान कनकाई पुलमा प्रेसर कुकर बम फेला परेको थियो । त्यसपछि पुगेको सेनाको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा बम डिस्पोज गरेको हो ।

जिल्लामा बन्दको प्रभाव परेको छ । निजी सवारी साधन चले पनि सार्वजनिक गाडी चलेका छैनन् । विद्यालय बन्द छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ ।