मन्त्री पण्डित : सरकारी गाडी ‘ट्रयाकिङ’को तयारी सुरु

Newslaya Home

मन्त्री पण्डित : सरकारी गाडी ‘ट्रयाकिङ’को तयारी सुरु

मङ्गलबार १०, असार २०७६

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारी गाडीको दुरुपयोग रोक्न ‘ट्रयाकिङ’ प्रणालीको तयारी थालिएको बताएका छन् ।

सोमबार राजधानीमा ‘इ–ट्रान्सपोर्टेसन सर्भिस’को उद्घाटन गर्दै पण्डितले यस्तो बताएका हुन् ।

सरकार ‘इ–गभर्नेन्स’मा छिटो जान चाहेको भन्दै निजी क्षेत्रबाट भइरहेको पहलको पनि स्वागत गरिने उनको भनाइ थियो ।