रिक्त रहेका स्थानमा चुनाव गराउन ओलीको निर्देशन, धरानलगायतका ठाउँमा चुनाव हुने

Newslaya Home

रिक्त रहेका स्थानमा चुनाव गराउन ओलीको निर्देशन, धरानलगायतका ठाउँमा चुनाव हुने

मङ्गलबार १०, असार २०७६

काठमाडौं । रिक्त रहेका पदमा निर्वाचन प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कपी शर्मा ओलीले निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

सोमबार राष्ट्रपति भवन शितलनिवासमा भएको निर्वाचन समीक्षा र भावि रणनीति विषयक अन्तक्रियामा ओलीले देशभर विभिन्न कारणले रिक्त रहेका पदमा चुनाव गराउन आयोगलाई निर्देशन दिएका हुन् ।

देशभर अहिले ९०० भन्दा बढी जनप्रतीनिधि रिक्त छन् । प्रतिनिधिसभा, प्रदेश सभा, उपमहानगर, गाउँपालिका र वडाध्यक्षको पदसहित ४७ जना जनप्रतिनिधिको पद रिक्त छ । शितलनिवासमा आयोगले सम्पन्न गरेका निर्वाचनको समीक्षा भएको छ । आयोगको भावी रणनीति बारेमा पनि विस्तृत रुपमा छलफल भएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओलीसहित सभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्य १२ दलका अध्यक्ष तथा पदाधिकारी, पूर्व निर्वाचन आयुक्तहरू, विज्ञहरू सहभागी थिए ।

सुनसरीकै धरान लगायत धेरै ठाउँहरुमा पदाधिकारीको पद रिक्त रहेको छ ।