महिला विश्वकप फुटबल : अमेरिकाद्वारा स्पेन पराजित

Newslaya Home

महिला विश्वकप फुटबल : अमेरिकाद्वारा स्पेन पराजित

मङ्गलबार १०, असार २०७६

काठमाडौं । अमेरिका फ्रान्समा जारी महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ अन्तर्गत सोमबार राति भएको खेलमा स्पेनलाई २–१ ले पराजित गर्दै अमेरिका अन्तिम ८ मा स्थान बनाउन सफल भएको हो ।

सातौँ मिनेटमा पाएको पेनाल्टीमा मेगन रापिनोइले गोल गर्दै अमेरिकालाई सुरुवाति अग्रता दिलाइन् । नवौँ मिनेटमा जेनिफर हरमोसोले स्पेनका लागि बराबरी गोल फर्काइन् ।

दोस्रो हाफमा अमेरिकाले अर्को पेनाल्टी पायो । भिएआर मार्फत गरिएको लामो रिभ्युपछि अमेरिकाले पेनाल्टी पाएको हो । त्यसमा मेगनले व्यक्तिगत दोस्रो गोल गरिन् र अमेरिकाको जित निश्चित गरिन् । ७६ औँ मिनेटमा अमेरिकाले पाएको सो पेनाल्टीबाट स्पेन भने खुशी थिएन ।

हारपछि स्पेन बाहिरिएको छ भने अमेरिकाले उपाधि रक्षाको यात्रा कायम राख्ने भएको छ । क्वाटरफाइनलमा अमेरिकाले आयोजक फ्रान्सको सामना गर्नेछ ।