इटहरी चौक दशैँ पछि मात्र भत्कने

Newslaya Home

इटहरी चौक दशैँ पछि मात्र भत्कने

सोमबार ०९, असार २०७६

इटहरी । इटहरीको मुख्य चोकमा ६ लेन सडक निर्माण दशै पछि मात्र सुरु हुने भएको छ ।

सडक आयोजनाले प्राविधिक कारण देखाउँदै इटहरीको मुख्य चोकको काम भने आगमी दशैँ पछि मात्र सुरु गर्ने बताएको हो ।

तत्काल ठेकेदारको आधुनिक मेसिन नहुँदा इटहरीको मुख्य चोक दशैँ पछि मात्र निमार्ण हुने भएको हो । बर्षा लागे सँगै काम गर्न समस्या हुने भएको कारण तत्काल भत्काउन नसकेको आयोजनाका इन्जिनिय उपेन्द्र दासले बताएका छन् ।

तर इटहरी चौक पनि तरहराकै मापदण्डमा बन्ने पक्का भएको आयोजनाले बताएको छ । इटहरीकै मापदण्डमा ६५ फिटमा बाटो निमार्ण हुने दासले बताए ।

सम्झौता अनुसार रानी विराटनगर – इटहरी धरान व्यपारीक सडक आयोजनाको सम्पूर्ण काम चैत्र भित्रमा सम्पन्न भइसक्नु पर्ने हो । तर सरकारी संयन्त्रकै असहयोगका कारण अहिले सम्म ४० प्रतिसत मात्रै सम्पन्न भएको छ ।