अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री नियुक्त

Newslaya Home

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रक्षामन्त्री नियुक्त

सोमबार ०९, असार २०७६

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्क एस्परलाई अमेरिकाको रक्षामन्त्रीमा नियुक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँगको विवादका समयमा मार्कलाई रक्षामन्त्री नियुक्त गरेको अमेरिकी राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णयबाट असहमत भएर तत्कालीन रक्षामन्त्री जेम्स म्याटिसले अकस्मात पदबाट राजीनामा दिएका थिए । म्याटिसले राजीनामा दिएपछि त्यहाँ रक्षामन्त्री थिएनन् ।

एस्पर गएको ६ महिनायता पेन्टागनलाई नेतृत्व गर्ने तेस्रो व्यक्ति भएका छन् । एस्परले प्याट्रिक सानहानलाई प्रतिस्थापन गरेका हुन् । रक्षामन्त्री एस्परको सैनिक क्षेत्रमा लामो समयको अनुभव रहेको छ । ५५ वर्षीय एस्परको सन् १९९१ मा भएको ‘गल्फ वार’ मा समेत संलग्न भएको अनुभव छ ।

उनलाई सन् २०१७ मा वर्तमान राष्ट्रपति ट्रम्पले नै सैनिक सचिवमा नियुक्त गरेका थिए । उनले ‘राइदन डिफेन्स फर्म’ को कार्यकारीका रूपमा रहेर काम गरिरहेका थिए ।