झापाका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

Newslaya Home

झापाका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु

सोमबार ०९, असार २०७६

झापा । झापाका एक युवकको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक –४ का मनबहादुर माझीका २३ वर्षीय छोरा रामबहादुर माझी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।

घरदेखि पाँच सय मिटर टाढा रहेको मावा खोलामा माझीसहित ४—५ जना साथीहरू आइतबार दिउँसो पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा माझी डुबेर बेपत्ता भएको खबर पाएपछि प्रहरीले उनको शव खोलाको खाल्डोबाट निकालेका थिए। मृतक माझीको शवलाई पोस्टमार्टमका लागि मोरङ पठाएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन्।