आज एकल महिला दिवस, नेपालमा पनि विभिन्न कायक्रम गरि मनाइँदै

Newslaya Home

आज एकल महिला दिवस, नेपालमा पनि विभिन्न कायक्रम गरि मनाइँदै

आइतबार ०८, असार २०७६

काठमाडौं । आज नवौं अन्तर्राष्ट्रिय एकल महिला दिवस रहेको छ ।

संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तराष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि दिवस मनाउन लागिएको हो।

लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरीबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको थियो।

नेपालमा पनि एकल महिला दिवस ‘कसैलाई पनि पछाडी नपारौँ’ भन्ने नारकासाथ विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ।

दिवसका अवसरमा एकल महिला समूहले काठमाडौँमा एकल महिला सम्मान तथा भेलाको आयोजना गरेको छ। दिउँसो २ बजे जेष्ठ एकल महिलाहरुलाई सम्मान गर्ने एकल महिला समूहकी संस्थापक अध्यक्ष लिली थापाले जानकारी दिइन्।

देशका विभिन्न स्थानका एकल महिलालाई छात्रवृत्ति तथा राहत वितरण गर्ने कार्यक्रम पनि रहेको छ। दिवसकै अवसर पारेर प्रदेश–२ का एकल महिलाहरुको भेला आजदेखि काठमाडौँमा सुरु हुदैछ।

भेलामा एकल महिलाको बर्तमान अवस्था, अवसर र चुनौतिबारे छलफल हुने थापाले बताइन्। सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन्।