विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या कति ?

Newslaya Home

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या कति ?

आइतबार ०८, असार २०७६

विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ७ अर्ब ९० करोड पुगेको छ ।

इरिक्सन मोबिलिटी रिपोर्ट अनुसार, गत वर्षको सोही अवधिको तुलनामा सन् २०१९ को पहिलो त्रैमासिकमा मोबाइल सब्सक्रिप्सन २ प्रतिशतले बढेको हो ।

सन् २०१९ को पहिलो ३ महिनामा विश्वमा मोबाइल फोन प्रयोगकर्ताको संख्या ४ करोड ४० लाखले वृद्धि भएको छ ।

पछिल्लो एक वर्षमा मोबाइल प्रयोगकर्ताको संख्या सबैभन्दा धेरै चीनमा बढेको हो । एक वर्षमा चीनमा मोबाइल प्रयोगकर्ता ३ करोड थपिएका छन् । त्यस्तै नाइजेरियामा ५० लाख र फिलिपिन्समा ४० लाखले वृद्धि भएको छ ।

जबकि भारतमा भने कूल मोबाइल फोन सब्सक्रिप्सनमा १ करोड ४० लाखले गिरावट आएको छ । कतिपय ठूला टेलिकम प्रोभाइडरले नियमित न्यूनतम मोबाइल रिचार्जको नियम लागू गरेसँगै एक व्यक्तिले धेरै मोबाइल नम्बर राख्ने प्रवृत्तिमा कमी आएका कारण मोबाइल प्रयोगकर्ताको संख्यामा गिरावट आएको देखिएको हो ।

त्यस्तै मोबाइल ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको संख्यामा १५ प्रतिशतले वृद्धि भई ६ अर्ब पुगेको छ । यो कूल मोबाइल प्रयोगकर्ताको ७६ प्रतिशत हो ।

रिपोर्ट अनुसार मोबाइल प्रयोगकर्तामध्ये ६० प्रतिशत स्मार्टफोन प्रयोगकर्ता छन् । विश्वमा कूल मोबाइल सेवा खरीदको संख्या ७ अर्ब ९० करोड रहेको भए पनि मोबाइल फोन प्रयोग गर्ने वास्तबिक जनसंख्या भने ५ अर्ब ७० करोड हो ।

रिपोर्ट अनुसार, अफ्रिकामा १ अर्ब ४ करोड, चीनमा १ अर्ब ९५ करोड र भारतमा १ अर्ब १६ करोड रहेको छ ।