प्रकाश सपूत विरुद्ध सम्भु राईले 'कपिराइट'को मुद्दा दर्ता गरे

Newslaya Home

प्रकाश सपूत विरुद्ध सम्भु राईले 'कपिराइट'को मुद्दा दर्ता गरे

शनिबार ०७, असार २०७६

काठमाडौं । गायक प्रकाश सपूत विरुद्ध गायक सम्भु राईले कपिराइटको मुद्दा दर्ता गरेका छन् ।

प्रकाश सपूतको गीत ‘गलबन्दी’ आफ्नो गीत ‘आऊ नाचौं साथी हो’सँग मिलेपछि गायक शम्भु राईले कपिराइटमा मुद्दा दर्ता गरेका हुन् ।

बिहीबार नेपाल प्रतिलिपी अधिकार रजिष्टारको कार्यालयमा राईले मुद्दा दर्ता गरेका हुन् । रजिष्टारको कार्यालयले राईलाई भोली (आइतबार) विहान ११ बजे छलफलका लागि बोलाएको छ ।

रजिष्टारको कार्यालयले दुई जनाबीच आपसी छलफलमा जान आग्रह गर्नेछ । तर दुईपक्षबीच सहमति हुन नसके प्रहरी हुँदै मुद्दा अदालतसम्म पुग्ने कानुनी प्रावधान छ ।
आफूले क्रियसन वाई सम्भूराई राखिदिए मात्रै पुग्ने बताइरहेको पनि कपिराइटमा गएपछि त्योबाहेक आर्थिक पक्ष पनि तानिने उनी बताउँछन् ।

संगीतको विश्वब्पापी मान्यताअनुसार कुनै पनि गीतमा एउटा नोट मात्रै नमिलेको अवस्थामा पनि कपिराइट लाग्दैन । आठ बारसम्म एउटामात्रै नोट तलमाथि भयो भने कपिराइट लाग्दैन ।

‘गलबन्दी’ सबैभन्दा छोटो समयमा युट्युबमा करोड ‘भ्युज’ पाएको गीत हो भने ‘आउ नाचौं साथी हो’ शम्भु राईले ०४८ सालमा रेकर्ड गरेको गीत हो ।