तौल घटाउनको लागि दूध उपयुक्त

Newslaya Home

तौल घटाउनको लागि दूध उपयुक्त

शनिबार ०७, असार २०७६

दूधका अनेकौँ फाइदा हरू रहेका छन् । दूधलाई क्याल्सियमको राम्रो स्रोत मानिन्छ । दैनिक एक गिलास दूधले पनि मानिएको तौल घटाउनलाई मद्दत गर्ने विज्ञहरुले बताएका छन् । दूधमा प्रोटिनको राम्रो स्रोत भएकाले पनि यसले तौल घटाउन विशेष भूमिका खेल्छ ।

प्रोटिनले हाम्रो शरीरमा रहेको भोक जगाउने हर्मोनको स्तरलाई कम गर्छ र हामीलाई कम खाना खाने मन हुन्छ । जसका कारण हाम्रो तौल घट्छ ।

दूधमा हुने आइरनलाई छोडेर अन्य पोषक तत्त्वहरूले पनि शरीरलाई फाइदा गर्छन् किनकि दूधमा प्रोटिन, भिटामिन ए, बी १, बी १२, क्याल्सियम, म्याग्नेसियम पाइन्छ । यसले हाम्रो शरीरका हड्डीहरुलाई बलियो बनाउनुका साथै हामीलाई राम्रो निद्रा पनि दिन्छ । हाम्रो प्रतिरक्षा प्रणाली बलियो बनाउन पनि दूधको ठुलो भूमिका हुन्छ ।