रुषा न्यौपाने

Newslaya Home

रुषा न्यौपाने

शनिबार ०७, असार २०७६

रुषा न्यौपाने मिस कलेज नेशनल २०१७ की विजेता हुन् । इटहरीकी रुषालाई नाच्न, गाउन र अभिनय गर्न मन पर्छ । राम्रो कलाकार बन्ने सपना बोकेकी रुषाले केही समय इटहरीको एरिना टेलिभिजनमा कार्यक्रमसमेत सञ्चालन गरिन् । तीन वटा म्युजिक भिडियो र केही ¥याम्प वाकको अनुभवसमेत संगालिसकेकी रुषाका केही तस्वीरहरु विसप ताम्राकारले खिँचेका छन् । लुकवेल ब्युटी शलुनको मेकअपमा मादेन इनमा खिँचिएका आकर्षक तस्वीरहरु :

कलाकार बन्ने सोख कहाँबाट आयो र किन ?
सानैदेखि नै नायिका बन्ने सपना थियो । नेपाली नायिका प्रियंका कार्कीबाट प्रभावित बनेकी छु । नेपाली फिल्म क्षेत्र अहिले धेरै नै विकसित भएको देखेर पनि यो क्षेत्रप्रति आकर्षित भएकी हँु । भविष्यमा एक चर्चित कलाकार बन्ने सपना छ । हेरौँ के हुन्छ ।

तपाइको बिचारमा महिलामा सौन्दर्यता कत्तिको महत्वपुर्ण छ ?

एकदमै महत्वपुर्ण छ जस्तो लाग्छ । हामी सबैमा सौन्दर्यता लुकेको हुन्छ । अब हामी त्यसलाई कसरी प्रस्तुत गर्छौ त्यसमा भर पर्छ ।

सौन्दर्य प्रतियोगीताबाट करिअर सुरुवात गर्नु भएको रहेछ, मिस नेपालमा जाने योजना छ कि छैन ?

अब भोली त कसले देखेको छ र । जान पनि सक्छु । रहर त कस्लाइ पो हुन्न र मिस नेपाल बन्ने ? समग्रमा कला क्षेत्र मै लागौं भन्ने योजना छ । हेरौं के हुन्छ ।

सुन्दर हुनुहुन्छ, प्रेम गर्नुभएको छ कसैलाई ?
अहिले पढाइ र आफ्नो करियर अनि परिवारप्रतिको दायित्वमै केन्द्रीत छु । प्रेम सम्बन्धको लागि अली बेला भएको छैन जस्तो मलाई लाग्छ ।

अब कति समयपछि तपाइलाई चलचित्रको पर्दामा देख्न पाइएला ?

अब राम्रो प्रोजेक्ट आउन साथ डेब्यु गर्ने सोँच छ । राम्रो ब्यानर, राम्रो क्यारेक्टर आयो भने छिट्टै नै पर्दामा देख्न सक्नुहुन्छ । तर, राम्रो डेब्युको लागि भने पर्खिन तयार छु ।