धरानमा डेंगुको डरले पर्यटकहरु नै आउन छाडे

Newslaya Home

धरानमा डेंगुको डरले पर्यटकहरु नै आउन छाडे

शनिबार ०७, असार २०७६

धरान । एक महिना अघि देखि धरानमा बढेको डेंगुको संक्रमणले पर्यटकहरुलाई प्रभावित बनाएको छ । विगतमा धरान वस्नका लागि आन्तरिक तथा वाहय पर्यटकहरुको मुख्य गन्तव्य भए पनि अहिले भने भेडेटार वा ईटहरी जान थालेका छन् ।

पर्यटकिय क्षेत्रहरुको प्रवेशद्वारको रुपमा रहेको धरानमा दैनिक ३ सय देखि ५ सय सम्मको हाराहारीमा आन्तरिक तथा वहय पर्यटक आउने गरेको मा पछिल्लो समय धरानमा डेंगु फैलिए पछि भने पर्यटकहरु आउन छाडेका छन् ।

डेंगुको प्रकोप बढ्दै गए पछि धरानमा मुख्य गरी होटल व्यावसायमा असर परेको होटल व्यवसायी बासुदेव बराल बताउँछन् । ‘डेंगुलाई महामारीको रुपमा जसरी समाचारहरु आए त्यसले सबै भन्दा ठुलो समस्या होटल व्यवसायमा परेको छ’, उनले भने, ‘हामी चै धरानलाई बनाउन खोजिरहेका बेला समाचारहरु चै डेंगुले महामारी झै बनायो ।’

करिब दुई साता देखि धरानका होटलहरु प्राय सुनसान नै रहेको छ । धरानमा डेंगुको संक्रमणबाट करिब ६ सय ३३ जना बिरामी भएका छन् । धरानलाई प्रकोपक्षेत्र नै घोषणा गरिएको छ । अझै पनि नियन्त्रणमा आउन सकेको छैन् । डेंगुको संक्रमण फैलिए पनि संचालनमा रहेको होटल व्यवसायहरु सुरक्षित रहेकाले नडराउन नगरपालिकाले आव्हान गरेको छ ।

धरानमा देखिएको डेंगुको संक्रमणलाई नियन्त्रण गर्न प्रदेश सरकार सहित स्थानीय निकायहरुले अभियान संचालन भईरहेको छ । पछिल्लो समय सामान्य अवश्थामा रहेको डेंगुको संक्रमणको डर हटाउन थप कार्यक्रमहरु संचालन गर्न आवश्यक रहेको छ ।