प्रदेश स्तरीय मेयर कप क्रिकेटको उपाधि मोरङले जित्यो

Newslaya Home

प्रदेश स्तरीय मेयर कप क्रिकेटको उपाधि मोरङले जित्यो

शनिबार ०७, असार २०७६

इटहरी । इटहरीमा भएको प्रदेश एक स्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । शुक्रवार इटहरीस्थित क्रिकेट मैदानमा भएको खेलमा मोरङले झापालाई पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो ।

१७८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको झापा १४ दशमलव ४ ओभरमा १० विकेट गुमाएर ८३ रनमा समेटिएको थियो ।

खेलको बेस्ट ब्याट्सम्यान झापाका अंकीत सुवेदी, बेस्ट बलर सुनसरीका सोनु मण्डल र खेलको म्यान अफद सिरिज मोरङका सौगात भट्टराई घोषित भएका थिए ।

जितसँगै मोरङले नगद एक लाख पुरस्कार सहित उपाधि हात पारेको छ । शुक्रवार इटहरी स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा झापालाई ४८ रनले पराजित गर्दै मोरङले मेयर कप क्रिकेटको उपाधि कब्जा गरेको हो । उपविजेता बनेको झापाले ५० हजारमा चित्त बुझाएको छ ।

विजेता तथा उपविजेता खेलाडीलाई सुनसरी जिल्ला खेलकुद बिस समितिका अध्यक्ष अनुरोध थापा, अन्तराष्टिय एम्पायर बुद्धि प्रधान, शिरीष उपाध्यय लगायतले पुरस्कार प्रदान गरेका थिए ।