कोपा अमेरिकाः चिलीद्वारा इक्वेडर २–१ ले पराजित

Newslaya Home

कोपा अमेरिकाः चिलीद्वारा इक्वेडर २–१ ले पराजित

शनिबार ०७, असार २०७६

काठमाडौँ । कोपा अमेरिका फुटबलमा समूह सीमा रहेको चिलीले इक्वेडरलाई २–१ गोल अन्तण्ले पराजित गरेको छ ।

जितसँगै चिली शीर्ष स्थानमा उक्लिएको छ । चिलीका लागि ८ औं मिनेटमा जोसे पेड्रोले पहिलो गोल गरका थिए । सुरुदेखिनै आक्रामक खेलेको चिलीले २६ औं मिनेटमा बराबरी गोल खान पुग्यो ।

२६ औँ मिटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै इरन रेमबर्टोले मार्फत इक्वेडरलाई बराबरी पुर्याएका थिए ।

खेलको ५१ औं मिनेटमा एलेक्स साञ्चेजले गोल गरेपछि चिली २–१ को अग्रता लिन सफल भएको थियो ।

इक्वेडर अन्तिम समयमा भने १० खेलाडीमा सीमित भएको थियो । उसका ग्रावियल एचियर रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।