६४ हजार पुग्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

Newslaya Home

६४ हजार पुग्यो सुनको मूल्य, बन्यो नयाँ रेकर्ड

शुक्रबार ०६, असार २०७६

काठमाडौं । नेपालको इतिहासमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नयाँ रेकर्ड बनेसँगै सुनको मूल्य तोलामा ६४ हजार रुपैयाँ पुगेको हो । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो ।

यसअघि सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँभन्दा बढी मूल्यमा कारोबार नभएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

२०७५ साल फागुन ८ गते सुन प्रतितोला ६३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यो रेकर्ड तोड्दै सुनले ६४ हजारको नयाँ रेकर्ड कायम गरेको हो । अघिल्लो दिन प्रतितोला ६३ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँ बढेको हो ।

सरकारले आगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरेपछि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बजेट भाषणको अघिल्लो दिन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन एकै दिन १५ सय रुपैयाँले बढेर ६१ हजार रुपैयाँ पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर बढ्दै गएको छ ।