भारतमा बन्यो रुख चढ्न मिल्ने साइकल

Newslaya Home

भारतमा बन्यो रुख चढ्न मिल्ने साइकल

बुधबार ०४, असार २०७६

काठमाडौं । भारतका एकजना किसानले रुख चढ्ने साइकल बनाएका छन् ।

भारतको कर्नाटक राज्यका सजिमामूडा नामक गाउँमा बस्ने गणपति भट्ट नामका किसानले सजिलोसँग रुख चढ्न सकिने साइकल बनाएका हुन् । साइकल आकारको यो मेसिनको सहयोगमा जुनसुकै उचाइको रुख सजिलै चढ्न सकिन्छ ।

यो मेसिन रुखको फेदमा जडान गरेर त्यसमा रहेको सिटमा बसिसकेपछि त्यसलाई चलाएर रुखको टुप्पासम्म पुग्न सकिन्छ । यो निकै सजिलो र उपयोगी आविष्कार भएको उनको दाबी छ ।

यो साइकलमा ६० देखि ८० किलो वजन भएका मानिस चढ्न सक्छन् । पेट्रोलबाट चल्ने यो मेसिनको सुरक्षा तथा सावधानीको उचित व्यवस्था मिलाइएको छ ।