५० हजार घुससहित त्रिविका सहायक डिन पक्राउ

Newslaya Home

५० हजार घुससहित त्रिविका सहायक डिन पक्राउ

बुधबार ०४, असार २०७६

काठमाडौं । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा. शम्भुप्रसाद पटेल ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको हो।

पक्राउ परेका पटेलमाथि अनुसन्धान सुरु भएकोअख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।