डेंगु अझै अनियन्त्रीत, आमनागरिकलाई सचेत हुन चिकित्सकको आग्रह

Newslaya Home

डेंगु अझै अनियन्त्रीत, आमनागरिकलाई सचेत हुन चिकित्सकको आग्रह

बुधबार ०४, असार २०७६

धरान । एक महिना अघि देखि धरानमा फैलिएको डेंगुको संक्रमण अझै पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन् । प्रदेश सरकार देखि स्थानीय सरकारको समेत अभियान संचालन भईरहे पनि आमनागरिकको सचेत नभए सम्म डेंगु नियन्त्रण आउन नसक्ने चिकित्सकहरुको सुझाव छ ।

वैशाख ३१ गते देखि धरानमा फैलिएको डेंगुको संक्रमणबाट हाल सम्म ७ सय ६२ जना बिरामी भईसकेका छन् । धरान स्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्क अनुसार एक महिनामा डेंगु पोजिटिभ देखिएका ६ सय ६६ मध्ये ६ सय ४९ जना उपचार पछि घर फर्किई सकेका छन् भने अझै ३३ जना प्रतिष्ठानमै उपचार गराईरहेका छन् । अन्य बिरामी धरानका निजी अस्पतालमा उपचाररत छन् ।

प्रतिष्ठानका चिकित्सकहरु सहित सुरक्षाकर्मी, जनप्रतिनिधीको टोलिले दैनिक डेंगु सर्च एण्ड डिस्ट्रोय अभियान नै संचालन गरिरहेको छ । टोलिले धरानका प्रत्येक घर, ग्यारेज, उद्योगधन्दा, कलकारखाना, होटल र पानी जमेका खुल्ला स्थानमा लामखुट्टे मार्ने काम भैरहेको छ तर पनि नियन्त्रण आउन सकेको छैन् ।

¥यापिड रेस्पोन्स टिमका संयोजक डा. विजय खनालले आफ्नो घर सफा सुग्घर राख्ने सचेतनाको विकाश नभए सम्म डेंगुको संक्रमण नियन्त्रण आउन अझै समय लाग्ने बताए । उनले भने, अर्काको घरमा पानी जमेको, फोहोर भएको देख्छन्, आफ्नै घरमा जमेको पानी फ्याक्नु भन्दा भरे, भोलि भन्दै तर्कने गरेका छन्, अनि कसरी हुन्छ, नियन्त्रण ।
आमनागरिक आफै सचेत हुने पर्ने उनको भनाई छ ।

एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेको टोकाईबाट धरानमा डेंगु रोग फैलिएको हो । धरानबाट फैलिएको डेंगु रोगको प्रकोप नजिकैका शहरहरुमा पनि फैलदो क्रममा रहेको छ । यसलाई नियन्त्रण गर्न आमनागरिक सचेत हुन अति आवश्यक भैसकेको छ ।