टेलिकमको नयाँ अफर, २० रुपैयाँमा ७० मिनेट कुरा गर्न पाइने

Newslaya Home

टेलिकमको नयाँ अफर, २० रुपैयाँमा ७० मिनेट कुरा गर्न पाइने

बुधबार ०४, असार २०७६

काठमाडौं । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । नयाँ अफरअन्तर्गत अब २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्न पाइनेछ ।

यसअघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ । अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ । अथवा *१५१५*८# डायल गरी यो सेवा लिन सकिन्छ ।