यसकारण पिउनुहोस् बिहान खाली पेटमा पानी

Newslaya Home

यसकारण पिउनुहोस् बिहान खाली पेटमा पानी

बुधबार ०४, असार २०७६

पानी बिना कोही पनि बाच्न सक्दैन । पानी पिउनाले धेरै समस्याको समाधान हुन्छ । अधिकांश रोग पेटमा नै उत्पन्न हुन्छन् त्यसैले खाली पेटमा पानी पिउनुको अर्थ धेरै छ । यसको प्रमुख फाइदा पेट स्वस्थ बनाउनु हो ।

खाली पेटमा पानी पुउँदा स्वास्थ्यमा फाइदा हुने तथ्य सर्वप्रथम जापानमा प्रमाणित भएको हो । प्राय जापानीले बिहान उठ्नेबित्तिकै चार गिलास पानी पिउछन् । पानी पिएको आधा घन्टापछि मात्र ब्रेकफास्ट लिन्छन् । यो वाटर थेरापीले उनीहरुलाई सक्रीय र स्वस्थ रहन मद्दत गरिरहेको छ । खाली पेटमा पानी पिउँदा करिब ९० प्रतिशत रोगबाट बच्न सकिन्छ । जान्नुहोस् यसका फाइदाः

आन्द्रामा फ्लस
खाली पेटमा प्रशस्त पानी पिउँदा पेटका विकार शौचमार्फत जान्छ र पेट सफा हुन्छ । यसले पाचन प्रणालीलाई पनि सहयोग गर्छ । तपाईलाई बिहानै शौच आउदैन भने कम्तिमा दुई गिलास मन तातो पानी खाली पेटमा पिउँदा खुलेर शौच आउछ ।

शरिरका विकार फालिदिन्छ
तपाई बाथरुम जाँदा शरिरका उत्तेजित र विकारलाई बाहिर फालिदिनुहुन्छ । जतिधेरै पानी पिउनुहुन्छ त्यति धेरै विकार शरिरबाट फाल्न सहयोग पुग्छ ।

भोक बढाउछ
नियमित खाना खानु महत्वपूर्ण हुन्छ । तर भोक लागेन भने के गर्ने ? खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ । बिहान उठ्ने बित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस् तपाईलाई भोक लागिरहन्छ ।

टाउको दुख्नबाट बचाउछ
मानिसलाई बारम्बार टाउको दुख्नुको मुख्य कारण प्रर्याप्त पानी नपिउनु हो । डिहाइड्रेसनको मुख्य लक्षण नै टाउको दुख्नु हो । तसर्थ बिहान उठ्ने बित्तिकै पानी पिउनुभयो भने यो समस्याबाट मुक्ती मिल्छ । टाउको दुख्नबाट बचाउनको अतिरिक्त यसले श्वासको दुर्गन्ध र अन्य व्याक्टेरियाको संक्रमणबाट जोगाउछ ।

कोलोन सफा गर्छ
पानी पिउदा कोलोन सफा गरिदिन्छ । एक गिलास पानी खाली पेट पिउँदा कोलोनमा जम्मा भएको लेदो र विकार सफा गरिदिन्छ । कोलोन सफा भएमा शरिरलाई आवश्यक पोषक तत्व शोषण गर्न सहयोग पुग्छ । तपाईको कोलोन सफा भएमा समग्रमा सम्पूर्ण शरिर नै स्वस्थ हुन्छ ।

मेटाबोलिजमलाई तीब्र पार्छ
यदि तपाईले डाइटिङ गर्दै हुनुहुन्छ भने खाली पेट पानी पिउनु उत्तम उपाय हो । पानी पिउदा कम्तिमा पनि २४ प्रतिशतले मेटाबोलिजमलाई बृद्धि गर्छ । यसको अर्थ तपाईले चाँडो र प्रभावकारी रुपमा खाना पचाउन सक्नुहुन्छ । जसका कारण छोटो समयमा नै तौल घट्छ ।

उर्जा बढाउछ
यदि तपाईलाई अल्छि लागेको छ भने एक गिलास पिउनुहोस् । खाली पेट पानी खाँदा रगतका रक्त कोषिकालाई चाँडो बढ्न सहयोग पुर्याउँछ । जति धेरै कोषिकाको बृद्धि हुन्छ त्यति नै धेरै शरिरमा अक्सिजन प्रबाह हुन्छ । यसको अर्थ तपाईमा एक प्रकारको उर्जा मिल्छ ।

अनुहारको छालामा चमक ल्याउछ
खाली पेट प्रशस्त पानी पिउँदा अनुहारको चमक बढाउछ । शरिरमा जति बढी विकार र उत्तेजित तत्व हुन्छ त्यति नै तपाईको अनुहारको छाला नराम्रो बनाउछ । तर प्रशस्त पानी पिउँदा विकार हट्ने भएकोले अनुहारको सुन्दरतामा निखार आउछ ।

रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ
समग्र स्वास्थ्यको लागि पानी नभई नहुने तत्व हो । शरिरमा तरल पर्दाथको सन्तुलनका लागि पनि पानी नभई हुँदैन । दिनहुँ खाली पेटमा पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्छ । तपाईको रोग प्रतिरोधात्मक क्षमता बलियो भएमा तपाईलाई कुनै पनि प्रकारका रोग लाग्दैन ।