वर्षा र आकाशको लाखौँ सपना सार्वजनिक (भिडियोसहित)

Newslaya Home

वर्षा र आकाशको लाखौँ सपना सार्वजनिक (भिडियोसहित)

बुधबार ०४, असार २०७६

काठमाडौं । नायिका वर्षा शिवाकोटी र नायक आकाश श्रेष्ठको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘लाखौं सपना’ बोलको गीतको भिडियोमा वर्षा र आकाशले निकै राम्रो अभिनय गरेका छन् ।

सार्वजनिक गीतमा हेम मोक्तान तामाङको शब्द तथा स्वर रहेको छ । स्वरमा उनलाई गायिका प्रबिशा अधिकारीले साथ दिएकी छिन् । तारा प्रकाश लिम्बुको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् ।

यस्तै गीतको भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका हुन् भने राज महर्जनले कोरियोग्राफी गरेका हुन् । टेकेन्द्र शाहले भिडीयो सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन भने चर्चित फिल्म निर्देशक मिलन चाम्सले गरेका हुन् । भिडियोलाई उनले फिल्मी शैलीमा प्रस्तुत गर्ने कोशिश गरेका छन् ।