अब पाइपलाइनबाटै आउने भयो पेट्रोलियम पदार्थ

Newslaya Home

अब पाइपलाइनबाटै आउने भयो पेट्रोलियम पदार्थ

बुधबार ०४, असार २०७६

काठमाडौं । नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन बिछ्याउने काम सकिएको छ । नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसन (आइओसी)का प्राविधिकले मंगलबार पाइपमा पानी पठाएर गरेको परीक्षण सफल भएको छ ।

पाइपमा पानीको प्रेसर पठाएर गरिएको परीक्षण सफल भएको आयल निगम रक्सौल–अमलेखगन्ज पाइपलाइन परियोजना प्रवन्धक प्रदीप यादवले जानकारी दिएका हुन् ।

पाइप फुट्ने जोखिम भएकाले गुणस्तर परीक्षण गर्न प्रेसर जाँच गरिएको हो । भारतबाट ट्यांकरमा पेट्रोलियम पदार्थ ढुवानी भइरहेको अवस्थामा अब पाइपबाट पेट्रोलियम पदार्थ ल्याउन सकिन्छ ।