२०७६ आषाढ ०३ गते मंगलबारको राशिफल

Newslaya Home

२०७६ आषाढ ०३ गते मंगलबारको राशिफल

मङ्गलबार ०३, असार २०७६

मेष । आम्दानी बढाउने काम सुरू गर्न सकिनेछ । नयाँ व्यक्ति संग भेटघाट हुने समयछ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

वृष । बोलीको विपरीत अर्थ लाग्न सक्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मिथुन । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट सहयोग पाईनेछ । नयाँ कार्यको थालनी हुनेछ ।

कर्कट । अरूलाई प्रभावित पारेर काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् ।

सिंह । पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइएला । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कन्या । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । कष्टकर र खर्चिलो यात्रा रहला ।

तुला । अचल सम्पत्ती हात पर्ने योगछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ ।

वृश्चिक । काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमाइलो यात्राको योग रहेको छ । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ ।

धनु । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मकर । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । प्रेममा मनमुटावका साथै मन कमजोर रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ ।

कुम्भ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । बित्तिय संस्थाबाट सहयोग पाईनेछ ।

मीन । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आँटेको र ताकेको कार्य पुरा हुनेछ । सन्तानबाट सहयोग मिल्नेछ । समाजसेवामा मन लाग्नेछ ।