सुनसरी, मोरंग, धनकुटा र सोलुखुम्बुमा केबलकार

Newslaya Home

सुनसरी, मोरंग, धनकुटा र सोलुखुम्बुमा केबलकार

आइतबार ०१, असार २०७६

विराटनगर । प्रदेश १ सरकारले पूर्वका तीन ठाउँमा केबलकार सञ्चालन गर्ने योजना बनाएको छ । सोको लागि आउँदो आर्थिक वर्ष २०७६/७७ मा डीपीआर बनाउन बजेट छुट्याएको छ ।

सरकारले सुनसरी–धनकुटा, मोरंग र सोलुखुम्बुमा केबलकार बनाउन अध्ययन थाल्ने भएको हो । सोअनुसार धरान–भेडेटार–नाम्जेमा केबलकार बनाउने योजना बनाइएको छ । यो केबलकारले सुनसरी र धनकुटालाई जोड्छ । यस्तै

सोलुखुम्बुको खुम्बु–चौरीखर्क–नाम्चे दुधकुण्डमा पनि केबलकारको अध्ययन गरिने भएको छ भने मोरंगको रमिते–मिक्लाजुङमा पनि केबलकार सम्भाव्यता खोजिने भएको छ ।