श्रेष्ठले सुनाए सहकारी अध्ययन भ्रमणको अनुभव

Newslaya Home

श्रेष्ठले सुनाए सहकारी अध्ययन भ्रमणको अनुभव

आइतबार ०१, असार २०७६

इटहरी । सहकारी व्यवस्थापन, नेतृत्व विकास प्रशिक्षण तथा अध्ययन भ्रमणका लागि अमेरिका पुगेर आएका मणीराम श्रेष्ठले तरहरामा आफ्नो अनुभव सुनाएका छन् ।

तरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्य रहेका श्रेष्ठले आफ्नो विदेशमा देखे भोगेका अनुभवहरु संस्थाका सदस्यहरुमाझ राखेका हुन् । श्रेष्ठ इटहरी वडा नं। २० का वडाध्यक्षसमेत हुन् ।

कार्य समिति सदस्य तथा शिक्षा उपसमिति एवं आजको कार्यक्रमका संयोजक नवीन गुरूङले संस्था आर्थिक शक्ति निर्माणका लागि स्थापना भएको बताए ।

संस्थाका अध्यक्ष नगेशचन्द्र राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार दिनेशचन्द्र गिरी, हाँसपोसा सामुदायीक वन उपभोक्ता समूहका अध्यक्ष महेन्द्र गिरी तथा तारेकेश्वोर शिवालय मन्दिरका अध्यक्ष शारदा कट्वालले मन्तव्य राखेका थिए ।

कार्यक्रममा चर्चित गायक रोशन बान्तवा राईले साँगीतिक प्रस्तुती दिएका थिए । लक्की ड्र मार्फत संस्थाका शेयर सदस्य शान्ति आङदेम्बेले नगद दुई हजार रुपैयाँ पाईन् ।