जान्नुहोस् नुनिलो पानीले नुहाउनुका फाइदा

Newslaya Home

जान्नुहोस् नुनिलो पानीले नुहाउनुका फाइदा

शनिबार ३२, जेठ २०७६

स्वास्थ रहनका लागि दिनहुँ नुहाउन आवश्यक छ । प्रायः मानिसहरु नुहाउने पानीमा फूल, गुलाबजल वा अन्य सौन्दर्यका प्रसाधन प्रयोग गर्ने गर्छन् । तर, यसको साटो नुहाउने पानीमा नुन राखेर नुहाँउदा धेरै फाइदा हुन्छ । जान्नुहोस् यसका फाइदाः

१. हड्डीको दुखाई
नुन पानीले नुहाँउदा हड्डीमा हुने हल्का फुल्का दुखाइबाट राहत मिल्छ र पछि गएर आर्थराइटिसको समस्याबाट पनि बच्न सकिन्छ ।

२. इन्फेक्सनबाट बच्ने
नुन पानी मिनरल्सबाट भरपुर हुन्छ र छालामा रौंको छिद्रसम्म पुगेर सफाइ गर्छ जसले छालामा इन्फेक्सनको खतरा हुँदैन् ।

३. दाग, धब्बा हटाउने
नुन पानीले नुहाउनाले छालामा कोषको विकास राम्रोसँग हुन्छ र यसले अनुहारको दाग, धब्बा, र चाँया हटाउन मद्दत गर्छ ।

४. तनावबाट बच्ने
तनावबाट बच्नको लागि हल्का मनतातो पानीमा नुन राखेर नुहाउनु धेरै नै फाइदाजनक हुन्छ । यसले मानसिक रोगको खतरा हुँदैन ।

५. छाला सफा र चम्किलो बनाउने
नुन पानीले नुहाउनाले छाला आद्रता कायम राखेर सुख्खा हुन दिँदैन् साथै यसले मृत छाला साफ गर्छ र छाला सफा, चमकदार, नरम र गोरो बनाउन मद्धत गर्छ ।