सामाजिक सञ्जालमा कसैलाई जिस्काए वा होच्याए ५ वर्ष जेल र १५ लाख जरिवाना हुने !

Newslaya Home

सामाजिक सञ्जालमा कसैलाई जिस्काए वा होच्याए ५ वर्ष जेल र १५ लाख जरिवाना हुने !

शुक्रबार ३१, जेठ २०७६

काठमाडौँ । प्रतिनिधि सभाको विकास समितिले फेसबुक ट्विटरजस्ता सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने प्रावधान यथावत् राखेर सूचना प्रविधि विधेयक अगाडि बढाउने तयारी गरेको छ।

समितिले सांसद बिना श्रेष्ठको संयोजकत्वमा गठन गरेको उपसमितिले सामाजिक सञ्जाल र मिडियालाई समेत कस्ने प्रावधान कायमै राखेर विधेयक अगाडि बढाउन उचित हुने प्रतिवेदन समितिमा पेस गरेको छ।

विधेयकमा सामाजिक सञ्जालमा कुनै व्यक्तिलाई जिस्क्याउने, झुक्क्याउने, होच्याउने, हतोत्साही गर्ने, हप्काउने गरी कुनै कुरा लेखे ५ वर्ष जेल १५ लाख जरिवाना वा दुवै सजायको प्रावधान छ।


नेपाली काँग्रेसका सांसदहरूले संयुक्त रूपमा दर्ता गराएको संशोधनमा सर्वसाधारणले सामाजिक सञ्जालमा लेखेको कुरा हटाउन निर्देशन दिने व्यवस्था राख्न प्रस्ताव गरेका थिए। उनीहरूले जिस्क्याएकै भरमा जेल जानु पर्ने प्रावधान राख्न नहुने भन्दै संशोधन दर्ता गराएका थिए।

यसअघि गत फागुनमा बसेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पनि विधेयकका अनुदार प्रावधान सच्याउन माग गरेको थियो।

नेकपा सांसद प्रेस सुवालले सजाय घटाउन संशोधन दर्ता गराएका थिए। उपसमितिले उक्त प्रावधान नसच्याई अगाडि बढाउन समितिमा प्रस्तुत गरेको छ।