बाटो खन्ने क्रममा डोजर पुरिँदा दुई जनाको मृत्यु

Newslaya Home

बाटो खन्ने क्रममा डोजर पुरिँदा दुई जनाको मृत्यु

बिहीबार ३०, जेठ २०७६

हेटौंडा । मकवानपुरको थाहा भीरमा बाटो खन्ने क्रममा ढिस्को खस्दा दुईजनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो सडक खन्ने क्रममा भीरबाट खसेको पहिरो र ढुंगाले पुर्दा डोजरका हेल्परहरु चितवन शक्तिखोरका सन्दीप श्रेष्ठ र रोशन बुढाथोकीको मृत्यु भएको जनाइएको छ ।

घटनाको थप विवरण आउन सकेको छैन। प्रहरी टोली घटनास्थलतर्फ लागेको छ ।