विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

Newslaya Home

विप्लव समूहका जुम्ला इञ्चार्ज पक्राउ

बिहीबार ३०, जेठ २०७६

जुम्ला । विप्लव समूहका एकजना नेता जुम्लामा पक्राउ परेका छन् । जुम्ला जिल्ला इञ्चार्ज चन्द्रवीर तिरुवालाई प्रहरीले पक्राउ गरेको हो ।

सिँजा–२ चुलेलगाउँस्थित आफ्नै घरमा सुतिरहेका बेला उनलाई छापा मारेर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तिरूवालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।